close

अपाङ्ग लक्षित कृषि कार्यक्रम सञ्चालन गर्ने योजनामा शुद्धोधन

अपाङ्ग लक्षित कृषि कार्यक्रम सञ्चालन गर्ने योजनामा शुद्धोधन

Trulli
ADVERTISEMENT

कपिलबस्तु– शुद्धोधन गाउँपालिकाले अपाङ्ग लक्षित कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै अपाङ्ग लक्षित कार्यक्रम सञ्चालन गरिने जनाएको हो । 

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को सर्शत अनुदानमार्फत् अपाङ्ग लक्षित कृषि कार्यक्रम सञ्चालन गर्न लागेको पशु विकास अधिकृत भुमिश्वर खनालले बताए । कार्यक्रमअन्तर्गत बंगुर, बाख्रा पालन, च्याउ, तरकारी खेती, मासु पसल सञ्चालन, बिउ अनुदान, साना सिचाँइ कार्यक्रम, कुखुरा तथा हाँस पालन र फलफुल खेती सञ्चालन गरिने छ । 

इच्छुक अपाङ्ग भएका व्यक्ति, अपाङ्गसम्बन्धि काम गर्ने संघ/संस्थाले आवश्यक कागजातसहित १५ दिनभित्रमा आवेदन दिन सक्ने छन्। सो कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन भएको पशु विकास अधिकृत खनालले पालिकाखबरलाई बताए ।