close

घ्याङलेखले उपभोक्ता समिति र वडाध्यक्षलाई अभिमुखीकरण दिँदै

घ्याङलेखले उपभोक्ता समिति र वडाध्यक्षलाई अभिमुखीकरण दिँदै

Trulli
ADVERTISEMENT

सिन्धुली- घ्याङलेख गाउँपालिकाले वडास्तरमा हुने योजना कार्यान्वयन तथा कार्यसम्पादन प्रभावकारिताका लागि प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । 

योजना सम्झौतादेखि फरफारकसम्म उपभोक्ता समितिले नीतिगत व्यवास्था थाहा नपाउन सक्दा दु:ख पाउने भन्दै गाउँपालिकाले यही फागुन १३ देखि १७ गतेसम्म अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले सूचन जारी गर्दै जानकारी दिएका छन् । उनका अनुसार १३ गते वडा नम्बर १ मा, १४ गते वडा नम्बर २ मा, १५ गते वडा नम्बर ३ मा, १६ गते वडा नम्बर ४ मा र  १७ गते वडा नम्बर ५ मा अभिमुखीकरण दिइनेछ । 

प्रत्येक वडामा हुने सो कार्यक्रममा वडाध्यक्ष, वडासचिव र प्राविधिकलाई पनि अनिवार्य उपस्थित हुन गाउँपालिकाले निर्देशन दिएको छ । सो कार्यक्रमा सम्झौता, भुक्तानी तथा फरफारक प्रकृयाको बारेमा जानकरी गराइनेछ ।

साथै वडा तथा गाउँपालिका कार्यलयको सेवा प्रवाहको सम्बन्धमा उठेका गुनासोको सुनुवाइ पनि हुने गाउँपालिकाले जनाएको छ ।