close

निर्माण कार्यसम्बन्धी केराबारीमा अभिमुखीकरण

निर्माण कार्यसम्बन्धी केराबारीमा अभिमुखीकरण

Trulli
ADVERTISEMENT

मोरङ - केराबारी गाउँपालिकाले योजना सञ्चालनसम्बन्धी उपभोक्ता समितिलाई अभिमुखिकरण गर्दै आएको छ । गाउँपालिकाले पालिकाभित्रका सबै वडामा सो कार्यक्रम सञ्चालन गर्दै आएको हो । 

गाउँपालिकाले बुधबारदेखि उपभोक्ता समितिलाई अभिमुखीकरण गर्दै आएको पालिकाको वडा नम्बर १० का वडा सचिव अरुण खतिवडाले बताए । उनका अनुसार गाउँपालिकाले हालसम्म वडा नम्बर ३, ५ र १० का उपभोक्ता समितिको पदाधिकारीलाई अभिमुखीकरण गरेको छ । 

गाउँपालिकाको आयोजना तथा वडा सरकारको समन्वयमा सो कार्यक्रम सञ्चालन हुँदै आएको उनले बताए । वडा नम्बर १० मा शुक्रबार भएको अभिमुखीकरण कार्यक्रममा २५ देखि ३० जना पदाधिकारीको सहभागिता रहेको उनको भनाइ छ । 

अभिमुखीकरणमा आयोजना सञ्चालन गर्नु अगाडिको तयारी, भुक्तानीमा आउन सक्ने समस्या, भुक्तानी नहुने अवस्थालगायतको बारेमा जानकारी दिने गरेको उनले बताए । साथै निर्माण कार्यको व्यवस्थापनको लागि पनि सिकाइने उनको भनाइ छ । सो अभिमुखीकरण गाउँपालिकाभित्रका १० वटै वडामा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।