close

बजारमा सामसुङ मोबाईल किनबेच बन्द हुन लागेकै हो ?

बिहीबार बेलुकी साँढे छ बजे धनगढीस्थित डिभोटी होटलमा भेला भएका व्यवसायीहरु निस्किएपछि सामसुङ मोबाईल कम्पनीका प्रतिनिधिहरु फर्किएका छन् । सुदूरपश्चिमको घट्नापछि अन्य स्थानमा पनि व्यवसायी भेटघाट कार्यक्रम राखेको सामसुङ मोबाईल कम्पनीले देशभरबाट विरोध हुन थालेपछि अन्य कार्यक्रम पनि गर्न सकेको छैन ।

बजारमा सामसुङ मोबाईल किनबेच बन्द हुन लागेकै हो ?

बिहीबार बेलुकी साँढे छ बजे धनगढीस्थित डिभोटी होटलमा भेला भएका व्यवसायीहरु निस्किएपछि सामसुङ मोबाईल कम्पनीका प्रतिनिधिहरु फर्किएका छन् । सुदूरपश्चिमको घट्नापछि अन्य स्थानमा पनि व्यवसायी भेटघाट कार्यक्रम राखेको सामसुङ मोबाईल कम्पनीले देशभरबाट विरोध हुन थालेपछि अन्य कार्यक्रम पनि गर्न सकेको छैन ।

Trulli
ADVERTISEMENT

काठमाडौं- सामसुङ मोबाईल विक्रेताहरुको सुदूरपश्चिम प्रदेशस्तरीय भेटघाट कार्यक्रममा कम्पनीले व्यवसायीलाई अपहेलित व्यवहार गरेका कारण कार्यक्रम सुरु हुनेवित्तिकै बहिष्कार गरेर निस्किएका व्यवसायीहरुको समर्थनमा देशव्यापी ऐक्यबद्धता सुरु भएको छ । 

गत बिहीबार (भदौ २०) सामसुङ मोबाईल कम्पनीले धनगढीको डिभोटी होटलमा प्रदेशस्तरीय व्यवसायी भेटघाट कार्यक्रम राखेको थियो । सो कार्यक्रममा मोवाईल व्यवसायी महासंघको प्रदेश र जिल्ला तहका संस्थाहरुलाई औपचारिक जानकारी नगराईए पनि सुदूरपश्चिमका नौ वटै जिल्लाका अध्यक्षहरु र प्रदेश पदाधिकारीहरुसमेतको सहभागिता रहेको थियो । 

कार्यक्रम सुरु हुनुअघिदेखि नै सामसुङ मोबाईल कम्पनीका प्रतिनिधिसँग मार्जिनका विषयमा विगतदेखि नै उठाउँदै आएको मुद्दाका बारेमा व्यवसायीहरुले धारणा माग गरेका थिए । तर, कम्पनीका प्रतिनिधिले आलटाल गरेको र पछि अपमानित व्यवहार गरेको सुदूरपश्चिम प्रदेश महासचिव सुवास बमले बताए । 

‘प्रदेशभरीबाट प्रतिनिधिमुलक रुपमा ८२ जना साथीहरु आउनुभएको थियो, कम्पनीको व्यवहार देखेर हामी अपमानित भएको महसुस गर्दै बाहिरियौं, खाना पनि बाहिरै खायौं र जिल्लाका साथीहरुलाई बाहिरै होटल खोजेर राख्यौं’ महासचिव बमले पालिका खबरसँग भने, ‘व्यवसायिक जिवनमै यस्तो अपमान पहिलोपटक भोग्यौं, अब हामी गर्न त के सक्छौं र, तर सामसुङ मोबाईल डिस्प्ले पनि नगर्ने र नबेच्ने सम्मको अवस्था आउने निश्चित छ ।’

बिहीबार बेलुकी साँढे छ बजे धनगढीस्थित डिभोटी होटलमा भेला भएका व्यवसायीहरु निस्किएपछि सामसुङ मोबाईल कम्पनीका प्रतिनिधिहरु फर्किएका छन् । सुदूरपश्चिमको घट्नापछि अन्य स्थानमा पनि व्यवसायी भेटघाट कार्यक्रम राखेको सामसुङ मोबाईल कम्पनीले देशभरबाट विरोध हुन थालेपछि अन्य कार्यक्रम पनि गर्न सकेको छैन ।

मोबाईल व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष सुरेश सापकोटाले व्यवसायीका समस्याप्रति गम्भिर नहुने मोबाईल कम्पनीका सामान आफुहरु बेच्न बाध्य नहुने बताए । 

सुदूरपश्चिमले सामसुङ मोबाईल नबेच्ने
घट्ना भएको भोलिपल्टै भदौ २१ गते मोबाईल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटिको बैठकले सामसुङ मोबाईल नबेच्ने निर्णय गरेको छ । हाल भदौ २७ गतेसम्मका लागि काउण्टरमा सामसुङ मोबाईल शो नगर्ने, सामसुङ विक्रीवितरण, विलिङ, ईएम्आई केही पनि नगर्ने निर्णय गरेको छ । सो बैठकले एक हप्तासम्म पनि कम्पनीबाट सुनुवाई नभए थप कडा कदम चाल्न बाध्य हुने समेत निर्णय गरेको छ । 

विवाद के हो ? 
नेपाल मोबाईल व्यवसायी महासंघ देशभरका मोबाईल व्यवसायीहरुको छाता संस्था हो । महासंघको अधिवेशनमा देशभरबाट उपस्थित व्यवसायीहरुले एकस्वरमा मोबाईल बिक्री गर्दा प्राप्त हुने मार्जिनबाट व्यवसाय धान्न मुश्किल भएको गुनासो राखेका थिए । 

त्यस लगत्तै निर्वाचित प्रतिनिधिहरुको भेला नगरकोटमा भयो । नगरकोटको त्यो भेलाले सर्वसम्मत रुपमा कम्पनीहरुसँग मार्जिन बढाउन अनुरोध गर्ने निर्णय गरेको थियो । सोही निर्णयपश्चात् महासंघले सबै कम्पनीहरुलाई अत्यन्तै न्यून मार्जिनका कारण व्यवसाय चलाउन नसक्ने अवस्था आएकाले तत्काल पुर्नविचार गर्न अनुरोध गरेको थियो । 

तर, त्यस विषयमा कम्पनीहरुले कुनै चासो नदिएपछि महासंघका प्रतिनिधिहरु हरेक फोरमहरुमा मार्जिनका विषयमा पहिलो एजेण्डा बनाएर छलफल गर्न चाहन्छन् । यहि कारण नै धनगढमा सामसुङ मोबाईल कम्पनी र व्यवसायीबीच मतभेद बढेको हो । हाल ५ प्रतिशत भन्दा मुनि मार्जिनमा व्यवसायीहरुले काम गरिरहेका छन् ।

महासंघका केन्द्रिय अध्यक्ष भट्टराई पनि आक्रोशित
मोबाईल व्यवसायी महासंघको नगरकोट भेलाले यसअघि नै मार्जिनका विषयमा निर्णय गरिसकेको र सबै कम्पनीहरुलाई यसबारे जानकारी समेत गराईसकेको अवस्थामा व्यवसायीहरुलाई आक्रोशित बनाउने कम्पनीप्रति केन्द्रिय अध्यक्ष भरत भट्टराईले समेत आक्रोश पोखे । 

विज्ञप्ति प्रकाशित गरी अध्यक्ष भट्टराईले व्यवसायीका माग र मुद्दाका विपरित गतिविधि भए जस्तोसुकै कठोर निर्णय लिन बाध्य हुने बताएका छन् । साथै उनले वार्ता र संवादबाट समस्या समाधान गर्न आफुहरु तयार रहेको समेत बताएका छन् । 

देशैभरीबाट उर्लियो, ‘ऐक्यबद्धता’
धनगढीमा व्यवसायीहरुप्रति गरिएको अपहेलना र दुव्र्यवहारप्रति मोबाईल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष उदय बहादुर केसी र महासचिव नारायण सुवेदीले संयुक्त बक्तव्य निकाल्दै महासंघ नरम भएर प्रस्तुत हुने सिमा नाघिसकेको भन्दै अन्य कम्पनीहरुलाई पनि सचेत हुन आग्रह गरेका छन् । 

मोवाईल व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष मोहन बहादर कार्की र महासचिव टंकबहादुर भण्डारीले संयुक्त विज्ञप्ति जारी गर्दै धनगढीमा व्यवसायीमाथी भएको घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै ऐक्यबद्धता जनाएको छन् । 

मोबाईल व्यवसायी महासंघ कर्णाली प्रदेश अध्यक्ष भगत बहादुर रावलले पनि विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन् । 

उपत्यका मोबाईल व्यवसायी संघका अध्यक्ष बद्रि कुवरले विज्ञप्ति जारी गर्दै सुदूरपश्चिमका व्यवसायीलाई धन्यवाद दिनुका साथै आफुहरु पनि खुट्टा नकमाई आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । 

मोबाईल इलेक्ट्रोनिक्स एशोसिएसन अफ नेपालका अध्यक्ष लेखनाथ अधिकारी, इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी, लमजुङ इलेक्ट्रोनिक व्यवसायी संघका सचिव भुवराज रेग्मी, चितवन मोबाईल व्यवसायी संघका अध्यक्ष श्रीधर रेग्मी, मोबाईल व्यवसायी महासंघ झापाका अध्यक्ष युवराज निरौला, मोवाइल व्यवसायी संघ काठमाडौंका महासचिव दिल बहादुर तामाङ, संखुवासभा मोबाईल व्यवसायी संघका सचिव गुणराज श्रेष्ठ, लहान मोबाईल व्यवसायी संघका अध्यक्ष जसिम शेख, मोबाईल व्यवसायी संघ बाराका अध्यक्ष जिवन शर्मा पौडेल र महासचिव श्रीराम पौडेलले पनि विज्ञप्ति निकालेर ऐक्यबद्धता जनाएका छन् । 

ऐक्यबद्धता विज्ञप्तीहरु

ऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरुऐक्यबद्धता विज्ञप्तीहरु