close

निर्माण व्यवसायीले काम अलपत्र पारेपछि जनप्रतिनिधि नै आन्दोलित

निर्माण व्यवसायीले काम अलपत्र पारेपछि जनप्रतिनिधि नै आन्दोलित

Trulli
धर्नामा प्रतापपुरका जनप्रतिनिधि
ADVERTISEMENT

रूपन्देही- ६ वर्ष बितिसक्दा समेत हुलाकी सडक निर्माणमा चरम ढिलाई र लापरबाही भएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा जिल्लाका राजनीतिक दल र सरोकारवालाले जिल्ला प्रशासन कार्यालयअगाडि आइतबार १ घण्टा धर्ना दिएका छन् ।

धर्नापछि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संघीय सरकारले स्रोत सुनिश्चितता गरिदिए पालिकाले ४ महिनामै सडक बनाइसक्ने दाबी गरे ।

‘पटक-पटक स्थानीयले हामीलाई घचघच्याएका छ्न्, तर हाम्रो मातहतमा छैन, आम नागरिकले वर्षौंसम्म निकै सास्ती भोगेका छन्, बाध्य भएर हामी आन्दोलित बनेका हौं, कतिन्जेल यो सास्ती भोग्ने, बाटोको काम सुरु नभएसम्म अब हामी पछि हट्नेवाला छैनौं’, अध्यक्ष यादवले भने ।

प्रतापपुर गाउँपालिकाको गोपीगञ्जदेखि बेलाटारीसम्मको ६.५ किलोमिटर हुलाकी सडक ठेकेदारले अलपत्र पारेपछि दबाबस्वरूप जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिकाले यसअघि १५ दिने अल्टिमेटमसहित पत्राचार गरेको थियो ।

ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशनालयसँग पटक(पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको अध्यक्ष यादवले बताए । 

२०७९ सालमा बनाइसक्नुपर्ने सडक अझै सम्पन्न भएको छैन । जसका कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।