close

जिल्लाको नाम राखिदिन प्रधानमन्त्रीसँग गुहार

जिल्लाको नाम राखिदिन प्रधानमन्त्रीसँग गुहार

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रतिनिधिले जिल्लाको नाम राखिदिन अनुरोध गरेका छन् । सिमा निर्धारण भएको एक दशक बितिसक्दा समेत जिल्लाले नाम नपाएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सो जिल्लाका एमाले अध्यक्ष जीवन श्रेष्ठसहितको प्रतिनिधिले सो ध्यानाकर्षण गराएका हुन् । 

मागपत्रमा जिल्लाको नामकरण नवलपुर राखिनुपर्ने, धौवाधी फलाम खानीको उत्खनन कार्य निरन्तर हुनुपर्ने, त्रिवेणी–दुम्कीबास सडक, हुलाकी राजमार्ग, नमुना सदरमुकाम निर्माण र त्रिवेणी भन्सार संचालन हुनुपर्नेलगायत छन् ।