close

मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको सजाय

मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको सजाय

Trulli
फाइल तस्बिर
ADVERTISEMENT

संखुवासभा । जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको ज्यान जाने गरी भएको मादी हत्या काण्डमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।

अदालतका अनुसार पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावासको सजाय सुनाइएको हो । आरोपी एकजना १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ अर्थात् झन्डै १६ वर्ष कारावासको फैसला सुनाइएको छ ।

सो हत्या आरोपमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए ।

नरेश बाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो । चार जनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ भने एक जनालाई २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला सुनाइएको हो ।

२०७८ भदौ २१ गते मादी नगरपालिका–१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाति विपिन र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

पाँचै जना आरोपीका तेजबहादुरका नातेदार हुन् ।