close

७५ किलो गाँजासहित दुईजना पक्राउ

७५ किलो गाँजासहित दुईजना पक्राउ

Trulli
ADVERTISEMENT

मकवानपुर । प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीया चन्द्रकुमारी श्रेष्ठ छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश०१–०२५च १९४२ नंको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । प्रहरीले उनीहरुको साथबाट ३१ हजार पनि बरामद गरेको छ ।