close

दुम्जामा बम बिस्फोट, जनमुक्ति सेनाको पर्चा बरामद

दुम्जामा बम बिस्फोट, जनमुक्ति सेनाको पर्चा बरामद

Trulli
ADVERTISEMENT

सिन्धुली— सिन्धुलीको सुनकोशी गाउँपालिका–१ को दुम्जाडाँडाको बीपी पार्कमा टेलिकम टावरलाई लक्षित गरी अज्ञात समूहले शुक्रबार बिहान कुकर वम विस्फोट गराएका छन् ।

विस्फोटबाट बीपी पार्कभित्र रहेको टेलिकम टावरको भवनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । विस्फोटको आवाज आएको जानकारी प्राप्त हुनासाथ कुशेश्वर दुम्जा चौकीबाट प्रहरी पुगेका थिए । 

टेलिकम टावरको भवनको झ्यालमा कुकर वम विस्फोट भएको थियो । कुकरको बिर्को र पेट्रोलको गन्ध आउने दुई वटा बोतल प्रहरीले बरामद गरेको छ । विस्फोट भएको स्थानमा जनमुक्ति सेना नामको पर्चासमेत भेटिएको र विस्फोटमा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।