close

पोखराको १५० घर डुबानमा

पोखराको १५० घर डुबानमा

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानरपालका- १३ को कमलपोखरी क्षेत्र जलमग्न भएको छ ।

आइतबारदेखिको अविरल वर्षाले कमलपोखरी डुबानमा परेको पोखरा महानरपालका- १३ वडाध्यक्ष किरण बरालले बताए । उनका अनुसार जलमग्न हुँदा १५० भन्दा बढी घर डुबानमा परेको हो । 

पोखरा महानगरपालिकाका-१३ का वडाध्यक्ष किरण बरालले पालिका खबरसँग भने 'आइतबार साँझदेखि परेको निरन्तर वर्षाको कारणकमलपोखरी क्षेत्र डुबानमा परेको छ । हामी  उद्धारमै छौं ।'

आफू डोजर लगाएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिडेको उनले बताए । साथै माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न गरिसकिएको छ । काहुँ खोलाबाट आएको बाढीले डुबान कमलपोखरी डुबानमा परेको उनको भनाइ छ । 

पोखरा-१३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो । सिमसारमा घर निर्माण हुँदा पानीको निकास रोकिएकाले डुबानमा पर्न थालेको बताइएको छ ।