close

भारतले खोल्यो गण्डकका सबै बाँध, नेपालका थुप्रै गाउँ डुबानको जोखिममा

भारतले खोल्यो गण्डकका सबै बाँध, नेपालका थुप्रै गाउँ डुबानको जोखिममा

Trulli
ADVERTISEMENT

काठमाडौं । नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधका सबै ढोका खोलेको छ ।

दुई दिनदेखि लगातार परेको वर्षाका कारण भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधका ३६ वटै ढोका खोलेको हो ।

जसका कारण  पुर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् ।

प्रतिसेकेण्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्न सक्ने गण्डक बाँधको क्षमता भए पनि बाँध पुरानो भएका कारण संरचनाहरु जीर्ण हुँदै गएको बताइएको छ ।