close

भूकम्प अपडेट : ६ को मृत्यु, दुई बेपत्ता र ८ जना घाइते

भूकम्प अपडेट : ६ को मृत्यु, दुई बेपत्ता र ८ जना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । डोटी स्थित खप्तडबाबा नेशनल पार्क केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ६ जनाको ज्यान गएको छ भने गए राति ६ दशमलव ६ म्याग्नेच्यूडको भुकम्प जाँदा सो गाउँका ८ घर भत्किँदा अन्य ८ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । 

साथै, पुर्वी चौकी गाउँपालिका–३ स्थित गैरीगाउँका २ जना बेपत्ता भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

गम्भीर ५ जनालाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।