close

बुक फ्रि फ्राइडे कार्यक्रममा काठमाडौंका विद्यार्थीहरु उत्साहित

बुक फ्रि फ्राइडे कार्यक्रममा काठमाडौंका विद्यार्थीहरु उत्साहित

Trulli
ADVERTISEMENT

काठमाडौं । ‘ज्ञान, सिप र क्षमता बढाउन किताबको भारी बोकेर विद्यालय जानु पर्दैन,’ काठमाडौं महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना धारणा यसरी सुनाउन थालेका छन् । महानगरले हरेक शुक्रबारलाई बुक फ्रि फ्राइडेका रुपमा क्रियाकलाप गराउने कार्यक्रम थालनी गरेपछिको १ महिनामा विद्यार्थीहरुले यसबाट प्राप्त लाभका विषयमा अनुभव सुनाउन थालेका हुन् । 

कार्यक्रम सञ्चालनको प्रभावकारिता अनुगमन गर्न महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन० आफैँ विद्यालयहरुमा पुग्ने गरेका छन्। हरेक हप्ता उनी कुनै न कुनै विद्यालयमा पुग्छन्। प्रमुखसँगै शिक्षा सल्लाहकार, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारीहरु पनि विद्यालयको अनुगमनमा जाने गरेका छन्। 

सरस्वती निकेतन माध्यमिक विद्यालय, ओन्दे

विद्यालयले बुक फ्रि फ्राइडेका लागि बुधबार योजना बनाउँछ । यसअनुसार बिहीबार रूटीन तयार हुन्छ । विद्यालयले शिक्षामा सिप कार्यक्रम अन्तर्गत फेसन डिजाइन र टेलरिङ सिकाउन थालेको छ । यसमा एप्रोन र छ टुक्रे पेटीकोट सिलाउन सिकाउन थालिएको छ । 

विद्यालयका प्रधानाध्यापक रविना महर्जन भन्छन्, ‘शिक्षकहरूका बिचमा छलफल चलाएर अगाडि बढ्ने बाटो स्पष्ट बनायौँ । कक्षा चलाउँदा शिक्षकलाई पनि तनाब छैन । विद्यार्थीलाई पनि छैन । कक्षा बितेको पत्तै हँुदैन । विद्यालयमा खेल मैदानका लागि ठाउँ छैन । कक्षा कोठा साँघुरा छन् । यो चाहिँ समस्या हो’, प्रधानाध्यापक महर्जन थप्छन्, ‘नजिकै भएका कुनै खुल्ला स्थानको उपयोग गर्ने योजना बनाएका छौँ । यसमा महानगरको सहयोग चाहिन्छ ।’

प्रशिक्षक कोपिला श्रेष्ठले यस विधामा छात्रा जत्तिकै छात्रहरुको पनि रुचि देखाएको बताइन्। ‘पहिले छात्राहरु मात्र होलान कि भन्ने लागेको थियो,’ उनले भनिन्। उनका अनुसार मेसिन र यसका पार्ट पूर्जा चिनाउनु यसको आधारभूत कक्षा हो । यसपछि टाँकाको बारेमा सिकाउँदै सिप कला बढाउँदै लगिन्छ । 

विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर

विद्यालयमा कोड क्लब सुरू गरिएको छ । यस क्लबमा कक्षा ८ का ७ जना विद्यार्थीको समूह बनाइएको छ । शिक्षण विधि, शिक्षण पद्धति, सिकाइसहित जीवन उपयोगी परियोजना बनाउने, सञ्चार गर्ने जस्ता रचनात्मक क्रियाकलापका लागि यो क्लवब गठन गरिएको हो । क्लबमा ४ जना शिक्षक छन्। 

क्लबका विद्यार्थीहरुले खेल मैदानमा फुटबल, बास्केटबल खेले जसरी रमाउँदै नयाँ कार्यक्रम बनाउन सक्छन् । यसको आधार स्क्याच कोडिङ् हो । प्रशिक्षक सगुन ढुङानाका अनुसार यसरी निर्माण गरिएका कार्यक्रमहरु १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ । यही प्लेटफर्मबाट अन्तरराष्ट्रिय प्रतिस्पर्धा पनि गर्न सकिन्छ । 

विद्यालयमा सिपमा शिक्षा कार्यक्रमअन्तर्गत ब्युटिसियन ९सौन्दर्य कला० तालिम चलाउन थालिएको छ । विद्यार्थी संख्या धेरै भएको र एउटै विधामा धेरै विद्यार्थीको रुचि भएपछि अवधि तोकेर तालिका निर्माण गर्ने योजना रहेको प्रधानाध्यापक हेरम्बराज कँडेलले योजना सुनाए। ‘व्यवहारिक शिक्षा जरुरी थियो । कार्यान्वयनमा आयो,’ कँडेलले नीतिगत प्रबन्ध गरिदिएकोमा महानगरपालिकाप्रति आभार प्रकट गरे।   

प्रशिक्षक विमला रिजाल भन्छिन्, ’ब्युटिसियन तालिम सुन्दरतासँग मात्र होइन, स्वास्थ्यसँग पनि सम्बन्धित छ । नङ् काट्नु, कपाल काट्नु, सरसफाइ गर्नु जस्ता क्रियाकलाप सुन्दरताका लागि नगरे पनि स्वास्थ्यका लागि गर्नुपर्छ ।’

‘आफ्नै परिवेशमा उपलब्ध हुने प्राकृतिक बस्तु र सामग्रीको प्रयोगलाई सुन्दरता र स्वास्थ्यका लागि कसरी प्रयोग गर्न सकिन्छ । कक्षाको शुरुवात यसको चिनारीबाट भएको छ ।’ रिजालले तालिमका विषयमा जानकारी गराइन्। 

विद्यालयले छनौट गरेको अर्को विधा मूर्तिकला हो । यसमा मूर्ति बनाउन माटोको गुणबाट सिकाइ सुरु गरिएको छ । यस विधामा विद्यार्थीहरु मग्न भएर सिप सिकिरहेका छन् । 

किताबमा पढेको भन्दा यसरी क्रियाकलाप गर्दा सजिलै सिक्न सकिने रहेछ । कक्षाका विद्यार्थीहरुले प्रसन्नता प्रकट गरे ।