close

कहाँ हो, भारतीय मूलका बेलायती प्रधानमन्त्रीको ससुराली ?

कहाँ हो, भारतीय मूलका बेलायती प्रधानमन्त्रीको ससुराली ?

Trulli
ADVERTISEMENT

काठमाडौं । केही दिनअघि मात्रै बेलायतको प्रधानमन्त्री पदमा निर्वाचित ऋषि सुनक निर्वाचित भएका छन् ।  भारतीय मूलका सुनक सो पदमा विजय भएसँगै मुख्यतया: भारतलगायत एसियाली मुलुकको ध्यानाकर्षण भएको छ । 

सुनक प्रधानमन्त्री पदमा निर्वाचित भएसँगै उनकी श्रमती अक्षताको विषयलाई लिएर थप चर्चा सुरु भएको छ । जसका कारण सुनक बेलायतको प्रधानमन्त्री भएकोमा भारत झन् निजिकिएको छ । 

जसको कारण हो सुनककी श्रीमती अक्षता मूर्ति भारतीय अर्बपति नारायण मूर्तिकी छोरी हुनु ।  देशका सबैभन्दा प्रसिद्ध व्यवसायीहरूमध्ये एक उनी भारतको बिल गेट्सका रूपमा चिनिन्छन्।

सुनक प्रधानमन्त्री भएपछि भारतले के भन्यो ? 

सुनक बेलायती प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीच  अड्किएर रहेको रोडम्याप २०३० कार्यान्वयनको पक्षमा आफू रहेको बताएका छन् । सुनक प्रधानमन्त्री पदमा निर्वाचित भएसँगै उनले एक ट्विटमार्फत् उनले यस्तो बताएका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् लेखका छन्, ‘तपाईँ प्रधानमन्त्री बनिरहँदा म विश्वव्यापी मुद्दामा निकट रहेर काम गर्न र रोडम्याप २०३० को कार्यान्वयन गर्न खोजिरहेको छु।' 

तर खबरहरूमा जनाइए अनुसार सुनकको कन्जर्भेटिभ दलभित्र त्यसले झन् आप्रवासन बढाउने चिन्ताले त्यो अगाडि बढ्न नसकिरहेको बताइन्छ। 

'हाम्रो ऐतिहासिक सम्बन्धलाई आधुनिक सहकार्यमा रूपान्तरण गरिरहँदा जीवित सेतुका रूपमा रहेका यूकेका भारतीयमा विशेष दिवालीको शुभकामना।'