close

अमेरिकाको राज्यसभामा नेपाली मूलकी सरहाना श्रेष्ठ

अमेरिकाको राज्यसभामा नेपाली मूलकी सरहाना श्रेष्ठ

Trulli
ADVERTISEMENT

काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कको राज्यसभामा नेपाली मुलकी सरहाना श्रेष्ठले चुनाव जितेकी छिन् । 

‘न्याय र जलवायु परिवर्तन’का क्षेत्रमा सक्रिय रहेकी श्रेष्ठले रिपब्लिकन पार्टीका उम्मेदवार प्याट्रिक सिहानलाई  ३५ हजार ४ सय ९३ मतका साथ हराएका हुन् । 

सन् २००१ मा अमेरिका गएकी श्रेष्ठले २०१९ मा अमेरिकी नागरिकता लिएकी थिइन । श्रेष्ठ डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका पार्टीको मिड हड्सन उपत्यका च्याप्टरको उपाध्यक्ष पनि हुन् ।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा १३ पटक चुनाव जितिसकेका व्यक्तिलाई हराउँदै उनी उम्मदवार बनेकी थिइन् । उनी अमेरिकामा ग्राफिक्स डिजाइनरको काम गर्छिन् ।