close

कागजमा सडक बनाएपछि गुराँसका कर्मचारीविरुद्ध अदालतमा मुद्दा

कागजमा सडक बनाएपछि गुराँसका कर्मचारीविरुद्ध अदालतमा मुद्दा

Trulli
ADVERTISEMENT

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको अभियोगमा दैलेख गुराँस गाउँपालिकाका इञ्जिनीयरलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएको अभियोगमा आयोगले मुद्दा दायर गरेको हो । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्थानीय निगालपानी रेग बगौरा सडक निर्माण योजनाको सम्झौतामा रहेको निर्धारित शर्त र मापदण्डविपरीत नक्कली नापी किताब बनाएको, उपभोक्ता समितिसम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदनसमेत तयार पारी मापदण्डअनुसार सडक निर्माण भएको भनी गलत प्रतिवेदन बनाएको पाइएपछि मुद्दा दायर गरिएको हो । 

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६÷७७ को सो परियोजनामा यसरी अनियमितता गर्नेमा तत्कालीन इञ्जिनीयर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनीयर नवीनकुमार विसीको संलग्नता रहेको आयोगको ठहर छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारवाहीको माग गरिएको छ ।