close

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Trulli
ADVERTISEMENT

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको ​ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आधारभूत विद्यालय लक्ष्मीनियाको २ कोठे पक्की भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगले अधिकृत गुप्ताका साथै तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

आयोगले अधिकृत गुप्ताविरुद्ध २ लाख ३५ हजार ८९५ रुपैयाँ, इन्जिनियर सौरभविरुद्ध ८६ हजार ६४७ रुपैयाँ र प्रधानाध्यापक अख्तरविरुद्ध ३ लाख ३ हजार ७९७ रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवानाको मागदाबी गरेको छ ।