close

गोदावरीका मेयर र उपमेयर निलम्बनमा, ५ बर्षमा एक अर्ब बढी भ्रष्टाचार

अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको अनि भ्याट नउठाएको भन्दै एक अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । अख्तियारले पाँच वर्षयता निरन्तर भ्रष्टाचार भएको भन्दै उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी लगायत १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भ्रष्टाचारको आरोप लाग्नेमा मेयर उपमेयरसहित ८ जना कर्मचारी, ७ जना खानी सञ्चालक छन् । अख्तियारले ती सञ्चालक आवद्ध रहेका ७ वटा कम्पनीविरुद्ध पनि मुद्दा चलाएको छ ।

अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको अनि भ्याट नउठाएको भन्दै एक अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । अख्तियारले पाँच वर्षयता निरन्तर भ्रष्टाचार भएको भन्दै उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष    २०७६ ७६ मा १७ करोड ८९ लाख, ०७६ ०७७ मा २१ करोड २१ लाख, ०७७ ०७८ मा १८ करोड ६३ लाख, २०७८ ७९ मा २० करोड ४९ लाख र २०७९ ८० मा २६ करोड ६३ लाख गरी कूल १ अबै ४ करोड ८५ लाख भ्रष्टाचार भएको भन्दै अख्तियारले बिगो दावी गरेको छ । 
अख्तियारले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारीलाई पाँचवटै मुद्दामा प्रतिवादी बनाएको छ ।

अनि पाँच वर्षयताका प्रमुख प्रशासकीय अधिकृतहरु प्रविन कोइराला, वीरेन्द्रराज भारती, कृष्णप्रसाद जैसी, विश्वराज मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भारती अहिले भरतपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । 

अख्तियारले पाँच वर्षयताका गोदावरी नगरपालिकाका राजस्व शाखाका प्रमुख विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व शाखाका प्रमुखहरु नगरपालिकाको राजस्व परामर्श समितिका सदस्य सचिव हुन्छन् । राजस्व शाखाका प्रमुखहरु श्रीकण्ठ घिमिरे, श्रीराम आचार्य र यमलाल बेल्वासे विरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारले ढुंगाखानीका सञ्चालकहरु र ठेकेदारलाई पनि राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको छ । कर्मा कन्स्ट्रक्सनका सञ्चालक रवि महर्जन, माली निर्माण सेवाका सञ्चालक प्रकाश माली, सप्तप निर्माण कम्पनीका मदन केसीविरुद्ध राजस्व चुहावटको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियारले ललितपुरका ढुंगाखानीसँग जोडिएका कम्पनी र तिनका सञ्चालकहरुलाई समेत राजस्व छलेको आरोप लगाएको छ । निराकार ढुंगा रोडा उद्योगका मधुसुदन डोटेल, मच्छिन्द्र मल्टी प्रपोजका केदारनाथ तिमल्सिना, सजिलो रोडाढुंगाका शशिराज शाही, वीरेन्द्र ढुंगा उद्योगका वीरेन्द्र महर्जनविरुद्ध पनि मुद्दा चलाएको छ ।

ललितपुरको लेले र नल्लु क्षेत्रमा लामो समयदेखि ढुंगाखानी सञ्चालनमा छन् । नल्लुखोलाको मुहान नै बिथोलिनेगरी ढुंगाखानी सञ्चालन भएकोमा चौतर्फी प्रश्न उठेपछि त्यतिबेला संसदको प्राकृतिक स्रोत साधन समितिले ढुंगाखानी रोक्न सुझाव दिएको थियो ।

त्यतिबेला संसदिय समितिले लेले र नल्लुमा रहेका ढुंगाखानी काठमाडौं उपत्यकाबाहिर सार्न सुझाव दिएको थियो । संसदिय समितिको निर्देशन कुनै पनि निकायले पालना गरेनन् ।

खानी सञ्चालन सम्बन्धी मापदण्ड नै पालना नभएको अवस्थामा २०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएपछि फेरि लेले र नल्लुका ढुंगाखानीहरु निर्वाध रुपमा चलेका थिए । अख्तियारले अहिले ढुंगाखानी सञ्चालनमा भन्दा पनि रोडाढुंगा उत्खनन र निकासमा राजस्व चुहावट भएको विषयलाई उठाएर मुद्दा दायर गरेको हो ।