close

मधेशमा सशस्त्र प्रहरी अब्बल : मुख्यमन्त्री यादव

छिन्नमस्ता बाहिनी मुख्यालयको २२ औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले उच्च तहको शान्तिसुरक्षाका कारण मधेशी जनता ढुक्कले बस्न पाएको बताएका हुन् ।

मधेशमा सशस्त्र प्रहरी अब्बल : मुख्यमन्त्री यादव

छिन्नमस्ता बाहिनी मुख्यालयको २२ औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले उच्च तहको शान्तिसुरक्षाका कारण मधेशी जनता ढुक्कले बस्न पाएको बताएका हुन् ।

Trulli
ADVERTISEMENT

महोत्तरी— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशका सबै जिल्लाहरु भारतसँग जोडिएकाले खुला सिमानाका कारण हुनसक्ने जटिलतालाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल सफल भएकोमा धन्यवाद दिएका छन् । 

मधेश प्रदेशका आठ जिल्लाको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयको २२ औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले उच्च तहको शान्तिसुरक्षाका कारण मधेशी जनता ढुक्कले बस्न पाएको बताएका हुन् । 

२४ सै घण्टा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीे सामान्य आधारभुत आवश्यकताबाट बञ्चित हुनुपरेकोमा भने मुख्यमन्त्री यादवले दुखेसो गरे । बारामा फुसको घरमा बसेका कारण आगलागीबाट सशस्त्र प्रहरी घाईते भएको र केही हतियार समेत जलेर नष्ट भएको घट्नाप्रति मुख्यमन्त्रीले दुःख व्यक्त गर्दै यसले आफुलाई संवेदनशिल बनाएको बताए । 

‘बस्ने घर समेत छैन, पालमुनि बसेर सुरक्षा दिंदै आएका सशस्त्र प्रहरीका लागि मधेश सरकार भवन बनाईदिन तयार छ तर जग्गा दिने अधिकार प्रदेशसँग छैन, त्यसैले संघ सरकारले जग्गा उपलब्ध गराईदिए प्रदेश सरकारले भवन बनाईदिन्छ’ मुख्यमन्त्री यादवले भने । 

उनले सशस्त्र प्रहरीका लागि सुरक्षा साधनहरुको अभाव हुन नदिने बताए । ‘सशस्त्र प्रहरी संघ सरकारमातहत भएपनि सिसि क्यामेरा, सवारी साधन लगायतका अति आवश्यक सुरक्षा औजारहरु तत्काल उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध छ’ मुख्यमन्त्री यादवले भने ।   

मधेश प्रदेशका आठ जिल्लाको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले मुख्यमन्त्रीलगायतका प्रदेशका उच्चपदस्थ प्रतिनिधिको उपस्थितीमा पहिलोपटक बाहिनी स्थापना दिवस मनाएको हो । 

२३ औं सशस्त्र प्रहरी दिवसमा उत्कृष्ट हुन सफल छिन्नमस्ता बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) दिपेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव प्रमुख अतिथी थिए । 

बाहिनीपति डिआईजी शाहले ९७३ सिमास्तम्भको मर्मत सम्भार गरिएको बताए । सिमा क्षेत्रमा बसेका जनताको भावना अनुरुप सिमा सुरक्षा सवल बनाईने भएकाले सिमा जोडिएका स्थानीय तहका १४३ वडाका वडाअध्यक्षहरुसँग सामुहिक रुपमा बृहत अन्तक्र्रिया गर्दै सुरक्षा रणनीति तयार गरिएको डिआईजी शाहले जानकारी दिए । 

स्थापना दिवस समारोहमा सशस्त्र प्रहरीका कलाकारहरुका सांगितिक प्रस्तुतिहरु रहेका थिए भने विभिन्न प्रतियोगिताका विजयी जवानहरुलाई पुरस्कृत गरिएको थियो ।  

बि.सं. २०८० मा मात्रै छिन्नमस्ता बाहिनीले १७८ खालका विपद् प्रतिकार्य, ७७२ सडक दुर्घटना उद्दार, ८१ हजार ३० पटक बोर्डर पेट्रोलिङ, ५१ पटक हतियार एवं विष्फोटक पदार्थ जफत गरेको छ ।  

मुलुक सशस्त्र द्वन्द्वको चरम संक्रमणका बेला बि.सं. २०५७ साल माघ ९ गते तत्कालिन सरकारले सशस्त्र प्रहरी बल गठन गरेको थियो । त्यसको एक बर्षपछि छिन्नमस्ता बाहिनी मधेशमा स्थापना भएको थियो ।