close

कठघरामा मुख्यमन्त्री : गण्डकीको आज पेशी, कोशीका मुख्यमन्त्री मुद्दा दर्ता गराउँदै

कठघरामा मुख्यमन्त्री : गण्डकीको आज पेशी, कोशीका मुख्यमन्त्री मुद्दा दर्ता गराउँदै

Trulli
ADVERTISEMENT

काठमाडौँ- गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा आजलाई पेसी तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर कांग्रेसले गएको मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।  

दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ । 

गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणा गरेपछि कांग्रेसले अदालतको ढोका ढकढक्याएको हो । 

मुख्यमन्त्री कार्की पनि सर्वोच्चमा
कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएपछि आज बिहानै मुख्यमन्त्री केदार कार्की काठमाडौँ लागेका छन् । 
प्रदेश प्रमुख खापुङले गरेको सरकार गठनको आव्हान संविधान सम्मत नभएको भन्दै कार्की सर्वोच्च अदालत जाने तयारीमा छन् । उनले आजै सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले बतायो ।

उता, एमाले-माओवादीले भने आजै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीको दाबी पेस गर्ने तयारी गरेका छन् भने प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारी गरेका छन् ।