close

संघ सरकारको न्यूनतम साझा कार्यक्रम लेख्न चार जना छानिए

संघ सरकारको न्यूनतम साझा कार्यक्रम लेख्न चार जना छानिए

Trulli
ADVERTISEMENT

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रम लेख्न चार जना छानिएका छन् । गठबन्धनको शीर्ष नेताहरूको बैठकले सरकार गठन भएको दुई महिनापछि साझा कार्यक्रमलाई टुंग्याउन चार सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत रहेका छन् भने एमालेको तर्फबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

न्यूनतम साझा कार्यक्रमको बारेमा छलफलका लागि आज ४ बजे गठबन्धनको बैठक बस्दैछ ।

असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरे पनि सरकारमा गएका छैनन् ।