close

नलगाडले हाकिम स्वीकारेन, के गर्छ अब संघीय मन्त्रालय?

नलगाडले हाकिम स्वीकारेन, के गर्छ अब संघीय मन्त्रालय?

Trulli
ADVERTISEMENT

जाजरकोट- नलगाड नगरपालिकामा संघीय प्रतिनिधिका रुपमा पुगेका नयाँ प्रमुख प्रशासकीय अधिकृतले हाजिरी गर्न पाएका छैनन् । हाल कार्यरत रहेकै प्रमुख प्रशासकीय अधिकृतलाई नै निरन्तरता दिनुपर्ने भन्दै संघीय मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले हाजिरीमै रोक लगाएका हुन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ साउनमा नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा गोपाल शाहीलाई खटाएको थियो । तर, त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईलाई नै निरन्तरता दिनुपर्ने मेयर डम्बर बहादुर रावतले माग राखेका हुन् । 

जिल्ला समन्वय अधिकारीका रुपमा कार्यरत शाहीलाई नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको थियो । जिल्ला समन्वय समिति जाजरकोटमा कार्यरत शाही नगरपालिकामा हाजिर हुन जाँदा मेयर रावतले पद रिक्तनै नभई संघीय सरकारले प्रमुख प्रशासकीय पठाएको भन्दै असहमती जनाएका हुन् । मेयर रावतले संघीय सरकारलाई पत्र लेखेरै नयाँ प्रमुख प्रशासकीयलाई हाजिरी गर्न नदिने जिकिर गरेका हुन् । 

मेयरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘तीन तहको सरकारमध्ये सबैभन्दा जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारसँग समन्वय नै नगरी कामकाजमा खटाइएकोले मन्त्रालयबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई कार्यालयमा राखी कामकाजमा खटाउन असमर्थ भएकोले उहाँलाई हाजिर नगराई फिर्ता पठाइएको छ ।’

पत्रमा साविकमा कामकाज गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुनः खटाउन माग गरिएको छ ।