close

रामगोपालपुर नगरपालिकाका वडाध्यक्ष मृत फेला

रामगोपालपुर नगरपालिकाका वडाध्यक्ष मृत फेला

Trulli
फाईल फोटो
ADVERTISEMENT

महोत्तरी- रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आज बिहान उनी मृत फेला परेका हुन् ।

वडाअध्यक्ष यादवको शवसँगै लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिएको प्रहरीको प्रारम्भिक भनाई रहेको छ । तर, घटनाबारे थप नखुलिसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।