close

निजी विद्यालयबाट प्राप्त हुने छात्रवृत्ति भरतपुरले यसरी बाँड्यो

निजी विद्यालयबाट प्राप्त हुने छात्रवृत्ति भरतपुरले यसरी बाँड्यो

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत संस्थागत विद्यालयका २ सय ६६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । निजी विद्यालयले अनिवार्य रुपमा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने गरी शिक्षा ऐनमै व्यवस्था गरिएपछि छात्रवृत्तिमा मनपरी हटेको थियो ।

संकलित छात्रवृत्ति कोटालाई महानगरको आफ्नै शिक्षा ऐनले दिएको अधिकार प्रयोग गर्दै महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको थियो । आवेदन भर्ने विद्यार्थीहरुमध्येबाट छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुरुप विद्यार्थीको क्षमता र योग्यताका आधारमा छात्रवृत्ति प्रदान गरिएको महानगरले जनाएको छ । 

छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ छन् भने अन्य विषयका लागि ७७ जनाले अध्ययन गर्न पाउनेछन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना छन् । गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृति दिएको थियो ।