close

बागमतीमा सरकारी कामकाजी भाषा तीन, खुशीयालीमा सार्वजनिक विदा

बागमतीमा सरकारी कामकाजी भाषा तीन, खुशीयालीमा सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

 काठमाडौं- नेपालीसँगै आजदेखि तामाङ र नेपाल भाषा पनि बागमती प्रदेशकाे सरकारी कामकाजी भाषा बनेकाे छ ।  काठमाडौंको वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कामकाजको भाषाकाे शुभारम्भ गर्दैछन् । यो खुसियालीमा बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यही वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णयसँगै २४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत गरेको थियो । सो निर्णय अनुसार आज प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्न लागेका हुन् ।