close

सरुमारानीद्वारा १८ जना महिलालाई सम्मान

सरुमारानीद्वारा १८ जना महिलालाई सम्मान

Trulli
ADVERTISEMENT

प्युठान– सरुमारानी गाउँपालिकाले स्थानीय उद्यमी महिलाई सम्मान गरेको छ । गाउँपालिकाले उद्यमी महिलालाई प्रोत्साहन दिने उद्देश्यले १८ जना उद्यमी महिलालाई सम्मान गरेको हो ।

गाउँपालिकाले आयोजना गरेको १४४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १८ जना उद्यमी र श्रमिक महिलालाई सम्मान गरेको उपाध्यक्ष बसन्ता खड्काले जानकारी दिइन् । उनका अनुसार स्थानीय महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको हो ।

‘महिलामा लगानी सभ्य र सम्मुनत समाजनको थालनी’ भन्ने राष्ट्रिय नारा साथ महिलालाई सम्मान गरेको उपाध्यक्ष खड्काले पालिकाखबरलाई जानकारी दिइन् । गाउँपालिकाले उक्त कार्यक्रममा सिलाई कटाई उद्यमी, कृषि व्यवसायी, भैसी पालन, बाख्रा पालन, सरसफाईकर्मी, होटल व्यवसाय, होजियारी उद्यमी, अदुवा बेसार सिन्की उद्यमी, श्रमिक र तरकारी खेती व्यवसायी गरी १८ जना महिलालाई दोसल्ला ओढाएर नगदसहित प्रमाण पत्र वितरण गरेको उनले सुनाइन् ।

कार्यक्रममा चार वटा महिला समूह बिच महिला जागरण सम्बन्धी सन्देशमुलक गीत र नृत्य प्रतियोगिता भएको उनले बताइन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिएको उनले सुनाइन् ।