close

म जनताको फाइदा हेर्छु, पार्टीबाट आएकोले कार्यकर्ताको फाइदा हेर्छ : मेयर हमाल

म जनताको फाइदा हेर्छु, पार्टीबाट आएकोले कार्यकर्ताको फाइदा हेर्छ : मेयर हमाल

Trulli
ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिमको सामाजिक र व्यावसायिक क्षेत्रमा चिरपरिचित नाम हो, गोपाल हमाल । उनी धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुनुभन्दा पहिले व्यवसायीको रुपमा चिनिन्थे । उनलाई स्थानीयले समाजसेवी गोपाी दाइको रुपमा चिन्थे । 

उनले अघिल्लो स्थानीय तहको चुनावमा पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, नेपाली कांग्रेसका नृपबहादुर वडसँग झिनो मतान्तरले पराजित हुन पुगे । उनले हार मानेनन् । दोस्रो पटकको स्थानीय तहको चुनावमा पुन: उम्मेदवारी दिए र जिते पनि । 

आफूले जनतालाई गरेको सेवाको कारणले गर्दा पालिकावासीको विश्वास जित्न सफल भएको उनले पालिका खबरलाई बताए । 

‘मैले घरदेखि घाटसम्म कार्यक्रम ल्याएको छु,’उनले भने, ‘दिवंगत व्यक्तिको शरीर घाटसम्म पुर्‍याउने एम्बुलेन्सको व्यवस्था गरिएको छ ।’

एम्बुलेन्सको लागि आवश्यक खर्च र ड्राइभरको व्यवस्था व्यक्तिगत रुपमा गरेको र निःशुल्क रुपमा सो सेवा उपलब्ध गराउँदै आएको उनले बताए । 

उनले आफ्नो नेतृत्वमा कपडा बैंक कार्यक्रम सञ्चालनमा ल्याएको बताए । ‘हामीले कपडा बैंक सञ्चालन गरेका छौँ । विपन्न परिवारले निःशुल्क रुपमा कपडा लैजान पाउँछन्,’उनले भने, ‘एक जना कर्मचारी र कोठाको व्यवस्था छ ।’

त्यसका साथै अन्य सामाजिक सेवा र सुन्दर सुदूरपश्चिमको अवधारणा ल्याएको उनले बताए । आफू जितसँगै सुन्दर सुदूरपश्चिम बनाउन योजनागत रुपमा कामगर्दै आएको उनी बताउँछन् । उनले आफ्नो कार्यकाल सुरु भएदेखि नै योजना बनाएर कर्मचारी र अन्य जनप्रतिनिधिसँग समन्वय गरी काम गर्दै आएको बताए । 

चुनावमा जनतासामू आफूले गरेका प्रतिबद्धता पूरा गर्न आफू सधैं तयार रहेको उनले बताए । केही प्रतिबद्धता कार्यान्वयनमा सुरु भएको उनले सुनाए । 

‘चुनावको समयमा हामीले वडागत रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका थियौँ,’ उनले भने,‘सोहीअनुरुप हामीले पालिकाको १९ वटै वडामा विशषेज्ञ सेवासहित क्लिनिक सञ्चालनमा ल्याएका छौँ ।’

ल्याब टेष्ट, औषधि र इसिजीबिशेष सेवासहित सेवाका साथै प्रसूति रोग, आँखा, नाकको उपचारलगायत सेवाविस्तार गरेको उनले बताए । उनका अनुसार सो सेवा वडागत रुपमा प्रत्येक महिनामामिति तय गरी गर्दै आएको छ । 
‘विपन्न परिवारकुखुरा बेचेर उपचार गर्नुपर्ने बाध्यताथियो । कुखुरा नभएको अवस्थामास्थानीयले उपचार गर्न पाउँदैनन्,’ उनले भने, ‘तर अहिले वडागत रुपमाक्लिनिक सञ्चालन गरेपछि कुखुरा बेच्नबाध्यभएको छैन ।’

उनले स्वास्थ्य सेवाको सुधारको लागि विभिन्न रोगको उपचार नीति बनाएको बताए ।  प्रशासनिक सेवामा सुशासन कायम गर्ने निर्णय गरेसँगै जनताले सोही प्रणाली अनुरुप सेवा पाइरहेको उनको दावी छ । 

उनले अघिल्लो कार्यकालको जनप्रतिनिधिले मिलेमतोको आधारमा कार्यक्रम वितरण गर्दै आएता पनिआफ्नो नेतृत्वमा सो समस्याको सुधार भएको बताए। ‘अहिले सूचना प्रकाशन गरी प्रतिस्प्रर्धाको आधारमा काम भइरहेको छ,’ उनले भने । 

पालिकाले उनको नेतृत्वमा खोलानाला अतिक्रमण हटाउने काम गर्दै आएको उनले बताए । ‘खोलानालालाई अतिक्रमण गरेर बनाएका घर तथा टहराहरू हटाउन लगाएका छौँ,’उनले भने,‘सो क्षेत्रको व्यवस्थापनको लागि योजनागत रुपमा काम भइरहेको छ ।’

उनकाअनुसार धनगढीलाई ग्रीन सिटी बनाउनको लागि वृक्षारोपण कार्यक्रम सञ्चालनम ल्याइएको छ । चालू आर्थिक वर्षमा पालिकाभित्र २ हजार रुख रोपिएका छन् । आगामी पाँचवर्षको कार्यकालमा १० हजार रुख हुर्काउने लक्ष्य छ । 

आफू स्वतन्त्र मेयर भएकोले काम गर्न सजिलो नभएको उनको पीडा छ ।स्वतन्त्र जनप्रतिनिधि र दलीय जनप्रतिनिधिको प्राथमिकता नै फरक हुने उनले बताए । 

'मैले जनताको फाइदा हेर्छु । पार्टीबाट आएकोले पार्टी, कार्यकर्ता र राजनीतिको फाइदा हेर्छ', उनले भने, 'उहाँहरूको पार्टी जोगाउनु पर्छ, कार्यकर्ता जोगाउनु पर्छ र राजनीतिलाई जोगाउनुपर्छ ।'

दलीय जनप्रतिनिधिहरू बाध्यताले गर्दा पार्टी र कार्यकर्तालाई जोड दिनु परेको उनले बताए । जनप्रतिनिधि र कर्मचारीमा सोच्ने क्षमतामा केहीअन्तर हुने उनले स्वीकार गरे । उनले सुरुमा योजना कार्यान्वयन गर्न कर्मचारीसँग केही समस्या भएको बताए । 

तर, विस्तारै एकअर्काको भिजन र सोचले मेल खाँदै गए पनि समस्याको समाधान हुने उनले बताए । ‘सुरुवाती दिनमा केही द्धन्द्ध हुदो रहेछ,’ उनले भने,‘कर्मचारीले जनप्रतिनिधिलाई र जनप्रतिनिधिले कर्मचारीलाई आफूतर्फ ढाल्न खोज्छ । यसले द्धन्द्ध सृजना हुन्छ ।’

दुवै निकायले कानूनअनुरुप र पक्रियाअनुसार काम गर्दै आएकोले पछिल्लो समय काम गर्न सहज भएको उनले बताए । 

उनले आफू निर्वाचित भएसँग पाएको सुविधाको रकम जनतालई बाँडेको बताए । ‘तीन महिनाको सुविधा पाएको छु । यहाँको अनाथालयलाई लुगा हालेको छु,’ उनले भने, ‘एक महिनाको सुविधा गौशालालाई दिएँ । एक महिनाको बहिरा विद्यालयमा दिए । धनगढीका रहेका विभिन्न मानव सेवाआश्रमलाई कपडा वितरण गर्दै आएको छु ’

आफू जनताको साझा मेयर भए पनि सरकारी गाडी प्रयोग नगरेको उनको दावी छ । सो खर्चको लागि आफ्नो व्यक्तिगत रकम प्रयोग गर्दै आएको उनले सुनाए । 

पालिकाको विकासको लागि उनले हाम्रो सिटीको योजना बनाएका छन् । उनले भने, ‘हामीले स्मार्ट सिटी होइन, हाम्रो सिटी बनाउने योजना बनाएका छौँ ।’

आफ्नो १०० कार्यदिनमा  डुबानको समस्या, ग्रामीण हेल्थ केयर सुरु, गरिबी रेखामुनी स्वास्थ्य सेवामा लैजाने, वृश्रारोपन र फोहोर व्यवस्थापनको योजना बनाउँदै कार्यान्यन गर्दै आएको उनले बताए 

‘पञ्चवर्षीय योजना बनाउनको लागि टेण्डर आव्हान गरेका छौँ । हामीसँग भएका सामग्रीहरूको पहिचान गरेका छौँ,’ उनले भने,‘योजनाको लागि संघीय सरकार र प्रदेश सरकारसँग कति सहयोग माग्ने हो ।’ प्रोजेक्ट बैंक बनाएर पालिकाले टेण्डर आब्हान गरेको उनले बताए।