close

माधव नेपालले रौतहट पुगेर जोडे- गौर र इशनाथ

माधव नेपालले रौतहट पुगेर जोडे- गौर र इशनाथ

Trulli
ADVERTISEMENT

रौतहट - गौरमा रहेको लाल बकैया नदीमा बनेको झोलुंगे पुल आजदेखि सञ्चालनमा आएको छ । यो पुल बनेसँगै रौतहटको सदरमुकाम रहेको गौर नगरपालिका र ईशनाथ नगरपालिका जोडिएका छन् । पुललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे ।

४ करोड २७ लाखको लागतमा बनेको पुलको लम्बाई २ सय ५९ मिटर छ । एकैपटक ६ सय ७१ पैदल यात्रीको भारवाहन क्षमता भएको पुलले एक घन्टाको बाटो आधा छोटिने गौर नगरपालिकाका मेयर शम्भु साहले बताए । पुलको बनेपछि वर्षा याममा स्थानीयहरुलाई नदी वारपार गर्न सहज हुने उनले बताए ।