close

ल्याण्डफिल्डको लागि स्थान खोजी भइरहेको छ: प्रमुख आचार्य

ल्याण्डफिल्डको लागि स्थान खोजी भइरहेको छ: प्रमुख आचार्य

Trulli
ADVERTISEMENT

पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ल्याण्डफिल्ड साइट व्यवस्थापनका लागि कुनै पनि स्थान छनोट नभएको बताएका छन् । सामाजिक सञ्जानमा ल्याण्डफिल साइडका स्थानका बारेमा विभिन्न धारणा सार्वजनिक भएपछि प्रमुख आचार्यले तत्काल कुनै निर्णय नभएको स्पष्ट  पारेका हुन् ।

उनका अनुसार फोहोर व्यवस्थापनको लागि महानगरपालिकाले ल्याण्डफिल्डको खोजी गर्दै आएको छ । 

'ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रा लागि चुनौतीको विषय हो यस विषयमा विभिन्न सात स्थानमा अध्ययन गरिसकेका छौँ, तर यही ठाउँ भन्ने कुराको निर्णय भइसकेको छैन', आचार्यले  भने 'हामी विभिन्नस्थानको खोजीमा रहँदा स्थानीयवासीले अनुमान गर्नुभएको हुनसक्छ र त्यही आधारमा सामाजिक सञ्जालमा चर्चा गरिएको हुनसक्छ, तर हामीले ल्याण्डफिल्ड साइट व्यवस्थापन गर्ने स्थानको यकिन गरिसकेका छैनौँ ।'

उनले ल्याण्डफिल्ड साइटको विषयमा महानगर निकै गम्भीर भएको र छिट्टै स्थानको टङ्गो लगाउने  र अब बन्ने ल्याण्डफिल्ड साइट व्यवस्थित तवरबाट प्रशोधन केन्द्रसहित राखिने त्यस विषयमा सार्वजनिक सुनुवाइ गरेको बताए । 

पोखराको फोहर व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका महत्वपूर्ण कुरा सबै पोखरेलीको साझा विषय भएकाले सबैको साथ र समर्थन आवश्यकपर्ने उनको भनाइ छ । 

आचार्यले भौतिक निर्र्माण सम्पन्न भएको विमानस्थलमा क्यालिब्रेसन फ्लाइटको अन्तिम तयारीका लागि हाल रिठ्ठेपानीडाँडा कटानको काम भइरहेको बताए ।  डाँडाको माटोले ल्याण्डफिल साइट पुर्ने  र तत्काल अल्पकालीन र केही दीर्घकालीन रुपबाट ल्याण्डफिल्ड साइटको व्यवस्थापन गरिने उनको भनाइ छ । 

विमानस्थल नजिक रहेको ल्याण्डफिल साइटका कारण गिद्धलगायत चराको आवागमन बाक्लो रहेको र यसले उडानलाई प्रभावित गर्ने विज्ञहरुले बताउँदै आएका छन् । केही दिन अघिमात्र उक्त विमानस्थलको रनवेमा गिद्ध बस्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।