close

भक्तपुरका नगर प्रमुख प्रजापति र विरेन्द्रनगरका प्रमुख भण्डारीबीच भेटघाट

भक्तपुरका नगर प्रमुख प्रजापति र विरेन्द्रनगरका प्रमुख भण्डारीबीच भेटघाट

Trulli
ADVERTISEMENT

सुर्खेत ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारीबीच भेटर्वार्ता भएको छ ।  शनिबार प्रमुख भण्डारीको सभाकक्षमा दुई बीच भेटघाट भएको हो ।

शुक्रबार सुर्खेत पुगेका प्रमुख प्रजापति र प्रमुख भण्डारीबीच आपसी अनुभव आदानप्रदान गर्ने हेतुले भेटघाट भएको जनाइएको छ ।

भेटका क्रममा दुई नगर प्रमुख प्रजापतिबीच अहिलेसम्म गरेका सकारात्मक कार्य, समस्या र चुनौतीको विषयमा अनुभव आदानप्रदान गरेका थिए । साथै, आगामी दिनमा दुवै स्थानीय सरकारबीच हुन सक्ने विभिन्न विकास साझेदारीको विषयमा पनि छलफल भएको जनाइएको छ।

सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको प्रयासहरुबारे अवगत गराए । उनले पालिकाले नगरबासी विद्यार्थीहरुलाई सहुलियत दरमा शैक्षिक ऋण र विभिन्न बिषयहरुमा पीएचडी अध्ययन सम्मको छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताए । 

त्यस्तै विरेन्द्रनगर नपाका प्रमुख मोहनमाया भण्डारीले विरेन्द्रनगर नपा दश वर्षे शैक्षिक रणनीति बनाएर अगाडि बढिरहेको बताउँदै उच्च शिक्षामा निजीमा भन्दा सरकारीमा बढ्दो आकर्षण रहेको बताए । उनले भक्तपुर नपाको असल अभ्यासबारे आफू जानकार रहेको उनको जिकिर छ ।