close

बालेन साह १०० उदीयमान व्यक्तिको सूचीमा

बालेन साह १०० उदीयमान व्यक्तिको सूचीमा

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रतिष्ठित म्यागेजिन टाइमको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेन साह परेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सन् २०२३ को १०० उदीयमान व्यक्तिको सूचीमा परेका हुन् । 

स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेनले स्वतन्त्र रूपमा चुनाव लडेको उल्लेख गर्दै म्यागेजिनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोग गरेर मतदातामाझ बालेन इफेक्टको प्रयोग गरेको जनाइएको छ । गत वर्ष सम्पन्न नेपालको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिई राजनीतिक नेतामाथि विजय हासिल गरेको म्यागेजिनले उल्लेख गरेको छ । 

बालेनको प्रशंसा गर्दै टाइमले लेखेको छ,-‘सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिए । फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहको योगदान छ । मेयर बनेका साहले गैर कानुनी संरचना भत्काएर आफ्ना प्रतिबद्धता कार्यान्वयनमा अघि बढे ।’

आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागेजिनले टाइम १०० व्यक्तिको सूची तयार पारेको जनाइएको छ । जसमा कलाकार, गायक, अन्वेषक, नेतालगायत छन् । टाइम १०० को सूची बनाउन टाइमका संवाददाता र सम्पादकको विश्वव्यापी सञ्जाललाई प्रयोग गरेको टाइम म्यागेजिनले जनाएको छ ।