close

जनप्रतिनिधिका आफ्नै पीडा, अझै केन्द्रिकृत निर्देशनको मारमा

जनप्रतिनिधिका आफ्नै पीडा, अझै केन्द्रिकृत निर्देशनको मारमा

Trulli
ADVERTISEMENT

कपिलवस्तु- सुशासन र सेवा प्रवाहमा स्थानीय तहका जनप्रतिनिधिहरू पूर्ण जिम्मेवार हुन नसकेमा गुनासोमात्र नभई अभद्र व्यवहार पनि भोग्नुपर्ने अवस्था आउने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठ पालिकाखबरसँग बताउँछन् । 

बुद्धभूमिका नगरप्रमुख श्रेष्ठकाअनुसार जनताको सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएको हुँदा स्थानीयसँग कार्यालयमा मात्र नभई सामाजिक कार्यमा समेत भेट हुन्छ । जसले गर्दा जावफदेहीसमेत भई काम गरेर स्थानीयको सेवामा लाग्नुपर्छ । आफू जिम्मेवार हुँदासमेत पटक-पटक कार्यकक्षमै ‘झगडा’ गर्न आएका भन्दै उनले यसबाट आफू थप परिस्कृत भएको दाबी गरे । 

आफ्नो नगरमा भएको बजेटभन्दा माग धेरै भएको हुँदा सबैको माग पूरा गर्न नसक्दासमेत अभद्र व्यवहारमा परेको उनले पालिकाखबरसँग दु:खेसो गरे । तर आवश्यकता र स्थानीयको बाध्यतालाई वर्गीकरण गरी सोहीअनुसार सम्बोधन गर्ने काम भइरहेको उनको भनाइ छ । 

साथै नगरपालिकामा सशर्त बजेट धेरै आए पनि अनुदानबापतको बजेट कम आउँदा स्थानीयको माग सम्बोधनमा समेत समस्या भएको उनको भनाइ छ । संघीयता लागु भएपछि नजिकको सरकार भने पनि अझै संघकै निर्देशनमा चल्नुपर्ने बाध्यता रहेको हुँदा एकातिर काम गर्न सहज छैन । 

अर्कोतिर मानवीय स्वभावको शिकार पनि हुनुपरेकाे उनको गुनासो छ । उनका अनुसार ७ वटा सही काम गरे पनि आठौं पटक गलत काम गरिहालेका आठौं गल्ती विशाल भइदिने समस्या हुँदा स्थानीय सरकारलाई समस्या छ । तर बुद्धभूमि नगरपालिका सबै समस्या र माग सम्बोधन गर्ने गरी जनताको सेवामै रहेको नगरप्रमुख श्रेष्ठ बताउँछन् ।