close

डिलाशैनी संस्थापक अध्यक्षको मृत्यु

डिलाशैनी संस्थापक अध्यक्षको मृत्यु

Trulli
ADVERTISEMENT

बैतडी– डिलाशैनी गाउँपालिकाका पूर्वअध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएको छ । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा बिहीबार निधन भएको उनका भाई भोजबहादुर बोहराले बताए ।

डिलाशैनी गाउँपालिका वडा नम्बर–३ घर भएका ४५ वर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा अस्पताल हुँदै सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उनी विगत ३ वर्षयता क्षयरोगबाट पीडित थिए ।

नेकपा एमाले बैतडीको सचिवालय सदस्यसमेत रहेका बोहराको दुई छोरा र दुई छोरी रहेका छन् । पारिवारिक श्रोतका अनुसार बोहराको गृह जिल्ला बैतडीमै दाहसंस्कार गरिने जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैली गाउँपालिकालको अध्यक्षमा निर्वाचित भएका थिए