close

विद्यार्थीकाे उपस्थिति बुझ्न नगरप्रमुख प्रजापति कक्षाकोठामा छिरेपछि...

विद्यार्थीकाे उपस्थिति बुझ्न नगरप्रमुख प्रजापति कक्षाकोठामा छिरेपछि...

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनील प्रजापतिले दुई सामुदायिक विद्यालयकाे निरीक्षण गरेका छन् । उनले साेमबार नगरपालिकाकाे वडा नं- ३ स्थित जागृति माध्यामिक विद्यालय र श्री पद्म माविमा  स्थलगत निरीक्षण गरेका हुन् ।

नगरप्रमुख प्रजापतिले विद्यालयमा विद्यार्थीहरुको उपस्थिति र शिक्षण क्रियाकलापको अवस्थाबारे बुझ्न विद्यालयहरुको निरीक्षण गरेकाे जनाइएकाे छ ।  दशैं बिदा सकिएलगत्तै कार्तिक १२ गते आइतबारदेखि भक्तपुरका विद्यालयहरु सञ्चालनमा आएका छन् ।

विद्यालयहरुमा काठमाडौं उपत्यका बाहिरका विद्यार्थीहरु दशैं मनाउन घर गएका विद्यार्थीहरु नफर्केका कारण उपस्थित विद्यार्थीहरुको संख्या न्यून भएको जागृति माविका प्रअ प्रकाशमान बज्राचार्यले बताए । 

त्यस्तै पद्म माविका प्रअ राम हाडाले भने दशैंलगत्तै विद्यालय नियमित सञ्चालन गर्दा पहिलो दिन भने विद्यार्थीको संख्या थोरै भएको र दोस्रो दिन उत्साहजनक उपस्थिति रहेको जानकारी दिए। निरीक्षणमा भक्तपुर नपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, नगर शिक्षा अधिकृत साधुराम फुँयाल, नगर शिक्षा शाखाका अधिकृत कृष्णप्रसाद कर्माचार्यको पनि सहभागिता रहेको थियो ।