close

बालेनले प्रधानमन्त्रीलाई भने, "यी ३ समस्याको समाधानमा तपाईंको सहयोग चाहियो"

बालेनले प्रधानमन्त्रीलाई भने, "यी ३ समस्याको समाधानमा तपाईंको सहयोग चाहियो"

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन साहले काठमाडौं महानगरपालिकाको ३ प्रमुख समस्यामा प्रधानमन्त्रीको सहयोग चाहिएको बताएका छन् । 

२९औं काठमाडौं महानगर दिवसमा प्रमुख अतिथ्य ग्रहणका लागि कार्यक्रममा पुगेका प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै नगरप्रमुख साहले तीनकुनेको मुआब्जा वितरण, महानगरभित्रका खोला अतिक्रमण र फोहोरको दीर्घकालीन व्यवस्थापनमा सरकारको सहयोग आवश्यक रहेको बताए । 

महानगर दिवसमा धरानका मेयर हर्क साम्पाङ्, बलिउड अभिनेत्री मनिषा कोइराला, क्यानका सचिव पारस खड्का, डा. सन्दुक रुइतलगायत सहभागी छन् । कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति, नगर प्रहरी, नेपाल प्रहरीलगायतले फौजी कलाकौशल देखाएका थिए ।