close

उपत्यकाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन प्रधानमन्त्रीले फुकाइदिनु पर्छ : बालेन

उपत्यकाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन प्रधानमन्त्रीले फुकाइदिनु पर्छ : बालेन

Trulli
ADVERTISEMENT

ललितपुर- काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् । 

ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना उत्सवमा सहभागी बानेका साहले सोमबार तीनै तहका सरकारबीच सहकार्यमा जोड दिएका हुन् । सँगै कार्यक्रममा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय तहले आफ्नो क्षेत्राधिकारको कार्य गरिरहेको र संघले पनि कानुनी अड्चनलाई हटाएर सहयोग गर्न आग्रह गरे । 

उनले उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा संघ सरकारले त्यसमा सहजीकरण गरिदिनका लागि प्रधानमन्त्री दाहाललाई आग्रह गरे । 
"फोहोर व्यवस्थापन सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्दै आएका छौँ । त्यो कुरा स्थानीय सरकार आफैँले गर्न सक्ने कुरामा बाधा अड्चन परेको छ । त्यो कानुनी बाधा अड्चन फुकाइदिनु हुन सम्माननीय ज्यूलाई यहीँबाट आग्रह गरेँ, अनुरोध पनि गरेँ ।" उनले भने । 

उनले काठमाडौं र ललितपुर परस्पर सम्बन्ध भएका महानगरपालिकाहरू भएको भन्दै काठमाडौं, ललितपुरसँगै उपत्यकाकै विकास एकैसाथ हुनुपर्नेमाजोड दिए ।