close

उपाध्यक्षको निधनपछि स्वामिकार्तिक खापरमा आज शोकबिदा

उपाध्यक्षको निधनपछि स्वामिकार्तिक खापरमा आज शोकबिदा

Trulli
ADVERTISEMENT

बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । ५२ वर्षको उमेरमा आज बिहान करिब ३ बजे आफ्नै घरमा निधन भएपछि आज गाउँपालिकाले शोकबिदा दिएको छ । 

गाउँपालिकाले आज शोक प्रस्ताव पारित गर्दै गाउँपालिकामा शोक बिदा दिएको हो । उनको आजै दाहसंस्कार गरिएको गाउँपालिकाले जनाएको छ । 

उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन् । उनी स्थानीय तह चुनावमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएकी थिइन् ।