close

माननीय कार्की पालिकामा पुगेपछि...

माननीय कार्की पालिकामा पुगेपछि...

Trulli
ADVERTISEMENT

बागलुङ– जनप्रतिनिधि निश्चित क्षेत्रबाट निर्वाचित हुन्छन् । निर्वाचित क्षेत्रका स्थानीयको समस्यासँग नजिक रहन्छन् र सम्बन्धित ठाउँमा पुर्‍याउँछन् । आफ्नो निर्वाचन क्षेत्रको समस्या, आवश्यकता र मागको सम्बोधन गर्न तत्पर रहन्छन् । 

तर, केही जनप्रतिनिधिहरु यस्ता हुन्छन् । जनताको समस्या र आवश्यकता बिर्सिएर राजधानी केन्द्रित भइदिन्छन् । बागलुङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य चित्र बहादुर केसी औपचारिक कार्यक्रमका समयमा मात्र निर्वाचन क्षेत्रमा फर्किने गरेको पालिकाका जनप्रतिनिधिको आरोप छ । 

पालिकाले निमन्त्रणा गरेका तथा अन्य कार्यक्रममा मात्र माननीय केसी आउने गरेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले बताए । काठमाडौंमा बस्दै आएका केसीको स्थायी ठेगाला गल्कोट हो । धौलागिरी बहुमुखी क्याम्पसको कार्यक्रममा पुगेका केसी कार्यक्रम सक्काएर गलकोट उच्च माध्यमिक विद्यालयको कार्यक्रममा जाने क्रममा मंगलबार काठखोला गाउँपालिकामा केही समयको लागि पुगेका थिए । 

मंगलबार माननीय केसीको उपस्थिति गाउँपालिकाका लागि महत्त्वपूर्ण रहेको उनले बताए । मध्यपहाडी लोकमार्गमध्ये पालिकामा पर्ने खण्ड नबनेको र केन्द्रीय प्रतिनिधि आइपुग्दा सो सडकको बारेमा कुरा राख्ने मौका मिलेको गाउँपालिकाका उपाध्यक्ष थापाले पालिकाखबरलाई बताए । 

‘२६ वर्षदेखि मध्यपहाडी लोकमार्ग अलपत्र परेको छ । त्यस सम्बन्धी कुरा गर्ने अवसर मिल्यो । कर्मचारीसँग सम्बन्धी निजामति ऐन तथा शिक्षक ऐनसँग सम्बन्धित ध्यानाकर्षण गराउन हामीलाई सजिलो भयो,’ उनले भने । 

माननीय कार्कीले लोकमार्ग निर्माणको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । उपल्लो खण्ड टेन्डरमा जाने प्रकृयामा रहेको र तल्लो खण्डको काम सुरु गर्ने कुरा भइरहेको जानकारी दिँदै माननीय केसीले छिटै काम सम्पन्न गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले सुनाए ।