close

महिलाले कुदाए रिक्सा, कोरोनाविरुद्ध गज्जबको शिक्षा (भिडियो खबर) 

महिलाले कुदाए रिक्सा, कोरोनाविरुद्ध गज्जबको शिक्षा (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) लैंगिक हिंसामा परेकाको तथ्यांक संकलन गर्दै दाङको राप्ती गाउँपालिका, हिंसापीडितलाई सुरक्षित राख्न सेफ हाउस पनि सञ्चालन ।

 

२) पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्न सर्वोच्च अदालतको आदेश, आदेशसँगै कार्यालय पिप्लेमा रहने ।

 

३) हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा आँखा उपचार केन्द्र जुम्लाको आयोजनामा चन्दननाथ नगरपालिकामा आँखा शिविर आयोजना, शिविर २८ चैतसम्म चल्ने ।

 

४) कपिलवस्तुको बाणगंगा नगरपालिकाका सहकारी संस्थाका कर्मचारीको लागि लेखा व्यवस्थापन तालिम सुरु, तालिम ५ दिनसम्म चल्ने ।

 

५) भारत सरकारले उदयपुरको त्रियुगा नगरपालिकामा विद्यालय भवन निर्माण गर्ने, भारतीय दूतावास र नगरपालिकाबीच सम्झौता ।

 

६) सिन्धुपाल्चोकको  हेलम्बु गाउँपालिकाले सुत्केरी घरभेट कार्यक्रमलाई बस्तीबस्तीमा पुर्‍यायो, गर्भवती महिलालाई सुत्केरी गराउन लाग्ने एम्बुलेन्स खर्च गाउँपालिकाले बेहोर्दै ।

 

७) टोलटोलमा बिस्का जात्रा सञ्चालन गर्न भक्तपुर नगरपालिकाले दियो अनुमति, जात्रा मनाउन पाइने भएपछि स्थानीयको विरोध कार्यक्रम पनि स्थगित । 

 

८) धनुषाको सहिदनगर नगरपालिकाको आयोजनामा वडा नम्बर ८ का महिलाका लागि सिलाइ–कटाइ तालिम जारी, तालिम तीन महिनासम्म चल्ने ।

 

९) भक्तपुर नगरपालिकाद्वारा टोलटोलमा पुगेर स्थानीयलाई कोरोना संक्रमण रोकथामका लागि आवश्यक सामग्री वितरण गर्न सुरु, टोलटोलमा स्वयंसेविका परिचालन ।

 

१०) कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिइने, पहिल्यै लगाएको खोप केन्द्रमा जानुपर्ने ।

 

११) खोटाङको ऐँसेलुखर्क गाउँपालिका र स्थानीयको सेयर लगानीमा जलविद्युत् आयोजना निर्माण सुरु, करिब ८० करोड रुपैयाँ लागतमा आगामी २ वर्षभित्र आयोजना सम्पन्न हुने ।

 

१२) नगरले तालिम दिएपछि अटोरिक्सा हुइँकाउँदै उदयपुरको कटारी नगरपालिकाका महिला, लघु उद्यम कार्यक्रममार्फत १२ महिलालाई दियो २५ दिने अटो रिक्सा ड्राइभिङ तालिम ।
 


१३) बागलुङको बडिगाड गाउँपालिकाको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सुरु, पूर्वाधार निर्माणको काम अघि बढाइयो ।

 

१४) १ वैशाखदेखि देशभर व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुने, अभियान सञ्चालनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा ७५३ पालिकाहरुमा सर्कुलर जारी ।

 

१५) जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवनिर्मित भवनको प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले गरे उद्घाटन, एक करोड ४८ लाख १७ हजार रुपैयाँको लागतमा भवन निर्माण ।