close

माओवादी, जसपा र नेकपा एसले इलामको उपनिर्वाचनमा एमाले उम्मेदवारलाई सघाउने

माओवादी, जसपा र नेकपा एसले इलामको उपनिर्वाचनमा एमाले उम्मेदवारलाई सघाउने

Trulli
ADVERTISEMENT

काठमाडौँ-  सत्तारुढ गठबन्धनको बैठकमा उपनिर्वाचनमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई समर्थन गर्ने बारेमा छलफल चलेको छ । 

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई सघाउने विषयमा छलफल भएको हो । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यद्यपि सहमति भने जुटिनसकेको बताए । 

उनले सत्तारुढ दलहरूको बैठकमा आगामी उपनिर्वाचनको बारेमा सहज बनाउने विषयमा छलफल भएको बताए । बर्तौलाले नेकपा एमालेबाट प्रस्तुत भएका उम्मेदवारहरूलाई समयसँगै एक ढङ्गबाट समर्थन गर्ने अवस्था आउने र त्यस विषयमा छलफल सकारात्मक रहेको बताए । 

उनले भने, ‘सत्ता गठबन्धनको आजको बैठक सामान्यतया आगामी उपनिर्वाचनको बारेमा त्यसलाई सहज ढंगले कसरी अघि बढाउने ? दैनिक जनजीवनसँग जोडिएका विषयहरूमा छलफल भयो । त्यसपछि संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको छ । सरकारलाई अझ कसरी सशक्त र प्रभावकारी ढङ्गबाट अघि बढाउने लगायतका विषयमा छलफल केन्द्रित भयो । नेकपा एमालेबाट प्रस्तुत भएका उम्मेदवारहरूलाई समयसँगै एक ढङ्गबाट समर्थन गर्ने अवस्था छ ।’

उनले छलफलमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति र नागरिकका दैनिक जनजीवनसँग जोडिएका विषयहरूमा छलफल भएको बताए ।