close

काठेखोलामा गत वर्षका विकास निर्माण योजनाको समीक्षा 

काठेखोलामा गत वर्षका विकास निर्माण योजनाको समीक्षा 

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाको आयोजनामा वार्षिक समीक्षा सम्पन्न भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षभरि भएका विकास निर्माण तथा क्रियाकलापको समीक्षा गरेको हो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष अमर थापाले डिजिटल प्रोफाइल निर्माण पालिकाको नमुना काम भएको बताए । उनले गाउँपालिकालाई प्रविधिमैत्री र जनताले सजिलोसँग काम गर्न सक्ने संस्था बनाउनुपर्ने धारणा राखे । 


कोरोना संक्रमणको समय पनि सबैको साथ र सहयोगबाट योजना सम्पन्न भएको उनको दाबी छ । आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाका लागि ५६ करोड १३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये ४६ लाख ९७ हजार खर्च भएको देखिएको छ । 

 

कुल बजेटको ८३ प्रतिशत खर्च भएकाले उक्त खर्च तुलनात्मक राम्रो देखिएको सहभागीले बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले यस्ता खालका समीक्षाले कमी–कमजोरी औँल्याएर थप काममा अगाडि बढ्न सकिने धारणा राखे ।


उनले राम्रा क्रियाकलापको अनुसरण गर्ने र कमजोरी भए सच्याउने अवसर सिर्जना गर्ने समीक्षा आवश्यक भएको बताए ।