close

बुटवल उपमहानगरको ज्योतिनगरमा पहिरो खस्यो, दर्जन बढी घरमा क्षति

बुटवल उपमहानगरको ज्योतिनगरमा पहिरो खस्यो, दर्जन बढी घरमा क्षति

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगरमा पहिरो खस्दा दर्जन बढी घरमा क्षति पुगेको छ । आइतबार बिहान चुरेबाट खसेको पहिरोले एक दर्जन घरमा क्षति पुगेको हो ।


इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ४ घरमा पहिरो पसेको छ । उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएन । ११ भदौमा उक्त बस्तीमाथिको चुरेमा पहिरो गएपछि स्थानीयले सावधानी अपनाउँदै आएका थिए । पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् भने भैँसी सारिसकेका छन् ।


त्यसैगरी पहिरोले क्षति पुग्न सक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको बिजुलीको पोल बगाएको छ ।

 

बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा योसँगै ३ वटा ठूला पहिरो गएको हो । २०५५ मा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो । उक्त ठाउँमा २० भदौ २०५५ मा पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ति दिइसकेको छ ।