close

प्राविधिक ग्रेडबारे ८ निकायमा परिपत्र

प्राविधिक ग्रेडबारे ८ निकायमा परिपत्र

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले देशभरका स्थानीय तहसहित ८ वटा निकायलाई एकसाथ परिपत्र गर्दै प्राविधिक ग्रेड व्यवस्थापनबारे अवगत गराएको छ । 

 

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह, जिल्ला समन्वय समिति, स्थानीय पूर्वाधार विभाग पुल्चोक, राष्ट्रिय किताबखाना (निजामती), निजामती कर्मचारी अस्पताल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, स्थानीय विकास प्रशिक्षक प्रतिष्ठान र आदिवासी जनजाति राष्ट्रिय उत्थान विकास समितिलाई एकसाथ परिपत्र गर्दै प्राविधिक ग्रेडका विषयमा अवगत गराएको हो ।


पत्रानुसार १ साउन २०५७ भन्दा अगाडि नियुक्त भएका प्राविधिक कर्मचारीको हकमा १ साउन २०७८ बाट वृद्धि भएको तलब समावेश गरी १ दिनको तलब बराबर १ ग्रेडको दरले हुने प्राविधिक २ ग्रेडबापतको रकम उपलब्ध गराइदिन भनिएको छ । 


मन्त्रिपरिषद्को २५ साउन २०७८ को निर्णयअनुसार राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमानअनुरूप प्राविधिक ग्रेड सम्बन्धमा सरकारले उक्त परिपत्र गरेको जनाएको छ ।