close

जताततै कृषकलाई लाभ, लमहीमा मेलमिलाप (भिडियो खबर)

जताततै कृषकलाई लाभ, लमहीमा मेलमिलाप (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) झापाको दमक नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने, अभियान कार्यान्वयनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न । 


२) कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको मेलौली नगरपालिकाका विद्यालय पुनः बन्द, वैकल्पिक विधिमार्फत शिक्षण सिकाइलाई अघि बढाउन विद्यालयलाई पालिकाको आग्रह । 


३) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा सदस्य र टोल विकासका प्रतिनिधिलाई अनलाइन प्रणाली र एप्लिकेसनबारे जानकारी दिन सुरु गर्‍यो, कार्यक्रम १८ भदौसम्म सञ्चालन हुने । 


४) दाङको लमही नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आधारभूत तालिम जारी, तालिम १५ भदौसम्म चल्ने । 


५) काठमाडौं महानगरपालिकाले नउठाउँदा चोक-चोकमा थुप्रियो फोहोरको थुप्रो, फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएको भन्दै महानगर पन्छिएको पालिकाबासीको गुनासो । 

 

६) सिन्धुलीको कमलामाई नगरपालिकाले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न विद्यालयललाई दियो निर्देशन, ८ देखि १२ कक्षा सम्मको पढाइ आलोपालो हुने । 


७) पर्साको वीरगञ्ज महानगरपालिकाका विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा ६ र ७ को पढाइ सञ्चालन गरे, यसअघि ८ देखि १२ कक्षाको सुरु भएको थियो पठनपाठन । 


८) निरन्तरको वर्षाका कारण देशका विभिन्न पालिकमा बाढीपहिरोको वितण्डा, वर्षा भइरहेकाले सुरक्षित र सतर्क रहन पालिकाको आग्रह ।

 

९) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, पहिलो र दोस्रो मात्राको खोप लगाउन पालिकाले तोके केन्द्र । 

 

१०) खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नै कार्यालय भवनबाट दैनिक सेवा प्रवाह सुरु गर्‍यो, भवनलाई अढाई तले बनाउने तयारी । 


११) कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कुखुरापालक किसानलाई पालिकाले स्प्रे ट्यांकी हस्तान्तरण गर्‍यो, आयआर्जनमा सहयोग पुग्ने । 


१२) इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिँचाइ आयोजना सम्पन्न, आयोजनाले ११५० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ गर्न सकिने । 


१३) भक्तपुरको चाँगुनारायण नगरपालिकामा कार्यरत सवारी चालक राजकुमार दाहालको निधन, दाहालको निधनको शोकमा १५ भदौमा पालिका र मातहतका कार्यालय बन्द गर्ने नगरपालिकाको निर्णय । 


१४) पाल्पाको निस्दी गाउँपालिकाले कार्यालय सहयोगी पदको परीक्षा १९ भदौमा गर्ने सूचना जारी गर्‍यो, परीक्षा बिहान ११ बजेबाट सुरु हुने । 


१५) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले च्याउ टनेल निर्माणका लागि कृषकलाई प्लास्टिक वितरण गर्ने, इच्छुक कृषकले १५ दिनभित्र पालिकामा निवेदन दिनुपर्ने ।


१६) सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गर्ने, इच्छुक कृषक तथा कृषि समूहले पालिकामा निवेदन दिनुपर्ने । 

 

१७) कपिलवस्तुको विजयनगर गाउँपालिकाले विभिन्न पदमा करारमा कर्माचारी नियुक्त गर्ने, इच्छुकले २४ भदौसम्म पालिकामा दरखास्त बुझाउनुपर्ने । 


१८) दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी दिवा सेवा सुरु गर्‍यो, मसुरिया र सिसहनियामा सेवा सञ्चालनमा आएपछि ज्येष्ठ नागरिक दंग ।

 
१९) बर्दियाको बारबर्दिया नगरपालिकाले ल्यापटप र प्रिन्टर खरिदका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना जारी गर्‍यो, विद्युतीय खरिद विधिबाट इच्छुकले कागजपत्र पेस गर्नुपर्ने ।

 
२०) भक्तपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयले नयाँ भवनबाट सेवा दिन थाल्यो ।