close

नेपाल टेलिकमलाई सेवामा गुणस्तर सुधार गर्न सेवाग्राहीको सुझाव

नेपाल टेलिकमलाई सेवामा गुणस्तर सुधार गर्न सेवाग्राहीको सुझाव

Trulli
ADVERTISEMENT

रुपन्देही । नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तर सुधार गर्न सरोकारवालाहरुले सुझाव दिइएका छन् । 

लुम्बिनी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा गुणस्तरको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार बुटवलमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सेवाग्राहीले नेपाल टेलिकमले प्रदान गर्ने मोवाईल तथा इन्टरनेट सेवाको गुणस्तर राम्रो नभएको बताउँदै ती सेवाको गुणस्तर सुधार गर्न सुझाव दिएका हुन् ।

कार्यक्रममा सहभागी भएका सेवाग्राहीले लुम्बिनी प्रदेशको प्रमुख स्थान बुटवलमा पनि मोबाइलमा नेटवर्क नटिप्ने, टिपिहाले पनि फोन काटिने, आवाज नआउनेलगायत समस्या रहेको बताएका थिए । त्यस्तै, इन्टरनेटमा पनि उस्तै समस्या रहेको उनीहरूको भनाइ छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकरा मशर्माले नेपाल टेलिकमको नेतृत्वलाई प्रदान गरिने सेवाको गुणस्तरलाई सुधार गर्नेतर्फ ध्यान दिन आग्रह गरे । 

टेलिकमको सेवालाई प्रभावकारी बनाउनका लागि गुणस्तरमा ध्यान दिनुपर्ने उनले बताए । 

लुम्बिनीप्रदेश सरकारका प्रवक्ता तथा मन्त्री शर्माले यस विषयमा प्रदेश सरकारसँग पनि समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरे । 

त्यस्तै, प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले आफ्नो घर बुटवलको सुख्खानगरम मोबाइलमा नेटवर्क नदेखाउने, फोन भइहाले पनि आवाज नआउने, फोन गर्दागर्दै काटिने तथा इन्टरनेट सेवामा गुणस्तर नभएको बताएउँदै संघीय सरकार मातहत रहेर प्रदेशमा सेवा प्रदान गरिरहेका संस्थाले अहिलेसम्म प्रदेश सरकारसग कुनै प्रकारको समन्वय नगरेको बताए । 

त्यस अवसरमा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणले प्रदान गरेका सेवामा नागरिकको धारणा कस्तो छ, सेवा सुविधा कत्तिको प्रभावकारी भएको छ वा छैन, सुधार गर्नुपर्ने कुरा के–के छन् भन्नका लागि सेवाग्राहीको बीचमा आएको बताउँदै प्राप्त सुझाव सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै, प्रदेश प्रमुख सचिव डिल्लीरामशर्माले पनि टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तर कमजोर रहेको औल्याउँदै सुधार गर्न सुझाव दिए । 
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण उपभोक्ता हित महाशाखाका निर्देशक अर्जुन घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै टेलिकमले प्रदान गरेका सेवाबारे जानकारी गराए । 

त्यस्तै, प्राधिकरणकै वरिष्ठ इन्जिनियर मधुसुधन दाहालले टेलिकमले सबैभन्दा बढी टावर वागमती प्रदेशमा रहेको र त्यसपछि लुम्बिनीमा ९०२ वटा टावर रहेको जानकारी गराए । 

टेलिकमले लुम्बिनीलाई धेरै प्राथमिकता दिएको भन्दै प्रदेशको रुकुमपूर्वी जिल्लाका केही भागमा मात्रै सामान्य समस्या रहेको उनले बताए । 
टेलिकमका ग्राहकले ८ सय मेघाहर्जभन्दा बढी क्षेमताको मोबाइल प्रयोग गर्ने हो भने सबै समस्या समाधा नहुने उनको भनाइ छ ।