close

बैतडीको खोडपेमा खानेपानीको चरम अभाव

बैतडीको खोडपेमा खानेपानीको चरम अभाव

Trulli
ADVERTISEMENT

बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजार पाटन नगरपालिका-८ खोडपेमा खानेपानीको चरम अभाव छ । पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो ।  

खानेपानीको आपूर्ति गर्ने सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या भएको हो । योजनाका सचिव  मोहन बिष्टले लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको खानेपानी विद्युतको खराबीले अवरुद्ध भएको बताए । 

खानेपानीको हाहाकार भएपछि यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुलाई समेत समस्या हुने गरेको छ । होटेल व्यवसायी सन्तोष राईले खोनेपानीका कारण निकै समस्या भएको बताए । ‘खानेपानी नभएकै कारण चार दिनदेखि होटेलको व्यापार सुस्त छ’, उनले भने ।

पाटन नगरपालिका-८ का वडाध्यक्ष हरिश बिष्टले समस्या समाधानको लागि पहल भइरहेको बताए । उनले  तत्कालका दमकलबाट खानेपानी वितरण गर्न थालेको जानकारी दिए ।

‘बजारमा खानेपानीको चरम अभाव भएपछि नगरपालिकाको दमकलबाट खानेपानी आपूर्ति गर्न थालेका छौँ’, उनले भने, ‘यसले केही राहत भएको छ ।’

विद्युत् वितरण केन्द्रको टोली आएर  मर्मत गरिरहेकोले समस्या छिट्टै समाधान हुने उनले बताए ।