close

अमेरिकाले दियो एक महिनामा दुई हजार बढी नेपालीलाई भिजिटर भिसा

अमेरिकाले दियो एक महिनामा दुई हजार बढी नेपालीलाई भिजिटर भिसा

Trulli
ADVERTISEMENT

काठमाडौँ । अमेरिकी दूतावास काठमाडौँले नेपालीलाई दिने भिजिटर भिसामा कीर्तिमान राखेको छ । गत महिना अर्थात् मे महिनामा अमेरिकी दूतावास काठमाडौँले २०२३ जनालाई भिजिटर भिसा जारी गरेको छ । 

अमेरिकी दूतावास काठमाडौँले भिजिटर भिसा जारी गरेको मासिक रेकर्ड सार्वजनिक गर्न थालेपछिको यो नै पहिलो पटक हो । सन् २०१७ को मार्चदेखि अमेरिकी विदेश मन्त्रालयले मासिक रुपमा जारी भिसा सङ्ख्या सार्वजनिक गर्न थालेको हो ।

कोरोना महामारी सुरुभएपछि अत्यन्तै कमलाई मात्र भिजिटर भिसा जारी गरिरहेको अमेरिकी दूतावास काठमाडौँले मे महिनामा अहिलेसम्मकै सबै रेकर्डहरु तोड्दै भिजिटर भिसा जारी गरेको छ । 

तर  डिभी लगायतका अन्य आप्रवासी भिसाहरू भने निकै कम मात्र जारी गरेको छ ।

अमेरिकी दूतावास काठमाडौँले मे मा ८५० जनालाई विद्यार्थी भिसा दिएको छ भने डिपेन्डेन्टका रुपमा भिसा पाउनेहरू थप ५७ जना रहेका छन् । अप्रिलमा भने अमेरिकी दूतावास काठमाडौँले १३४० लाई भिजिटर भिसा र १८८ लाई विद्यार्थी भिसा जारी गरेको थियो । तर अप्रिलमा भने दूतावासले आफ्नो जनशक्ति डाइभर्सिटी भिसा जारी गर्नमा बढी केन्द्रित गरेको देखिएको छ ।

अमेरिकी दूतावास काठमाडौँले उल्लेख्य सङ्ख्यामा विना अन्तरवार्ता भिजिटर भिसा नवीकरण समेत गरिरहेको छ । विगतमा भिजिटर भिसा लिएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरूले यो सुविधा पाइरहेका छन् । त्यस्तै विगतमा कुनै पनि प्रकारको गैर आप्रवासी भिसा लिएकाहरूलाई पनि विना अन्तरवार्ता विद्यार्थी भिसा प्राप्त गर्ने सुविधा रहेको छ ।