close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल (शुक्रबार बिहान) देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।