close

धादिङको चिरौँदीमा दुर्घटना, ३० भन्दा बढी घाइते

धादिङको चिरौँदीमा दुर्घटना, ३० भन्दा बढी घाइते

Trulli
ADVERTISEMENT

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ चिरौँदीमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । 

काठमाडैंबाट रौतहटका लागि छुटेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस बिहान दुई बजेतिर दुर्घटनामा परेको हो ।  

बस पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

खाल्डाखुल्डीसहितको घुम्ती सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइको प्रहरीले जानकारी दिएको छ ।

सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।


Amir