close

१७ डीआईजीको पदस्थानपन, को-कहाँ ?

१७ डीआईजीको पदस्थानपन, को-कहाँ ?

Trulli
ADVERTISEMENT

काठमाडौं । हालै बढुवा भएका १७ डीआईजीको पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको पदस्थापनमध्ये सात जनाले प्रहरी इकाइको नेतृत्व गर्ने अवसर पाएका छन् ।

डीआईजीहरु अशोक सिंह विशेष ब्युरो, श्यामलाल ज्ञवाली साइबर ब्युरो र किरण बज्राचार्यलाई बागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।

यस्तै रामदत्त जोशीलाई गण्डकी र पोषराज पोखरेलले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

काठमाडौं प्रहरी प्रमुख रहेका सुदीप गिरीलाई प्रदेश १ र टेकबहादुर तामाङ अख्तियार दुरूपयोग अनुसन्धान आयोगस्थित प्रहरी महाशाखा प्रमुख भएका छन् ।

गत असार ८ गते बढुवा सिफारिस भएका १७ जना एसएसपीले आइतबारमात्रै डीआईजीको दर्ज्यानी चिन्ह (फुली) लगाएका थिए ।